रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड आजै समानिमा क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ ।

यस आईपिओमा कुल ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका छन् भने १ हजार ९५५ आवेदन् रद्ध भएको छ ।

बाँडफाँड अनुसार ५लाख ६७ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी २०५०९ आवेदक खाली हात हुनेछ । सानिमा क्यापिटलको अनुसार करिब ४ घण्टा पछि नतिजा मेरो सेयर मार्फत हेर्नसक्नेछन् ।

इन्स्योरेन्सले भदौ ४ देखि ८ सम्म ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरेको थियो । जस मध्ये ५% अर्थात् ३१५,००० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ३१५,००० सामुहिक लगानी कोषलाई र बाँकी रहेको ५६,७०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ

 

Visa Travels