ipo of reliance life insurance

रिलायन्स लाईफ इन्स्योरेन्सले २०७७ भदौ ०४ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन बन्द भदौ ०८ गते हुने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ । जस मध्ये ५% अर्थात् ३१५,००० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ३१५,००० सामुहिक लगानी कोषलाई र बाँकी रहेको ५६,७०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

कम्पनी परिचयः

रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी बीमा समितिबाट इजाजतपत्र प्राप्त जीवन वीमा कम्पनी हो । २०६४ साल मंसिर १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । २०७४ साल श्रवाण १८ गते वीमा समितिबाट स्वीकृति प्राप्त गरी २०७४ मंसिर ०१ देखि जीवन बीमा सम्बन्धि कारोबार गर्दै अइरहेको छ ।

यस बीमा कम्पनिका संस्थापक तथा सञ्चालकहरुमा सिद्घार्थ बैंक लिमिटेड, वित्तीय क्षेत्र, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु तथा संगठित संस्थाहरु रहेका छन् ।

केन्द्रिय कार्यालय
यस कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौं महानगरपालिका– ११, सिटिसि मल, सुन्धारा, काठमाडौंमा रहेको छ ।

कार्यक्षेत्र र शाखाः
यस कम्पनीले विभिन्न ४८ जिल्लामा १०० वटा शाखा कार्यालयहरुबाट जीवन वीमा सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले १३ वटा जीवन बीमा योजनाबाट आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गरिहेको छ र निकट भविष्यमा अन्य थप बीमा योजनाहरु ल्याउने तयारीमा रहेको छ ।

आईपीओबाट प्राप्त पुँजीको उपयोग

पूँजी संरचना
अधिकृत पुँजी : ३ अर्ब
जारी पुँजी : २ अर्ब १० करोड
चुक्तापुँजी : १ अर्ब ४७ करोड

संस्थापक सेयर (७०%): १ अर्ब ४७ करोड
सर्वसाधारण सेयर (३०%) : ६३ करोड

संचालक समिति
यस कम्पनीको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ४ जना, सर्वसाधारण समुहबाट २ जना र स्वतन्त्र संचालक १ रहनेछ ।

श्री ताराचन्द केडिया यस संस्थामा अध्यक्ष पदमा कार्यरत छन् । उनीसँग विगत ४० वर्षदेखि सिमेन्ट, स्टील लगायत अन्य उद्योगमा संलग्न भई व्याबसायीक रुपमा आवद्ध भएका छन् ।

व्यवस्थापकः
प्रवीण रमण पराजुली (प्रमुख कार्याकारी अधिकृत)
उहाँ यस संस्थामा आउनु अघि नबिल बैंक लिमिटेडमा आवद्ध रही नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो भने मर्चेन्ट बैकिङ्ग/बैंकिंग/बीमा क्षेत्रमा उहाँको करिव १८ वर्षदेखिको लगातार संलग्नता रहेको छ ।

वित्तीय विवरण

वासलात
कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्म पुँजी बृद्धि नगर्ने लक्ष्य रहेको छ । त्यसैले आगामी दिनमा यस कम्पनीले बोनस सेयर तथा हकप्रद सेयर भन्दा पनि नगद लाभांशमा जोड हुन सक्छ । जगेडा कोष साथै जीवनवीमा कोषमा रकम बृद्धि गर्दै लक्ष्य राखेको छ । व्यवसाय बृद्धि गर्दै हाल ३ अर्ब रहेको बासलातको आकार १२ अर्ब माथि पु¥याउने लक्ष्य राखेको छ ।

नाफा नोक्सा हिसाव
यस कम्पनीले सुरुको बर्ष देखि नै खुद नाफा कमाउन सफल रहेको छ । यस आर्थिक वर्षको मसान्त सम्ममा खुद नाफा ४ करोड १३ लाख कमाएको छ । आगामी दिनमा पनि नाफा बृद्धी गर्दै जाने लक्ष्य राखेको छ । वीमा कम्पनीहरुको मुख्य आम्दानी वीमा शुल्क बृद्धि गरी हाल रहेको बजार हिस्सा बढाउने लक्ष्य राखेको छ । हाल खुद वीमा शुल्क १ अर्ब ३६ करोड रहेकोमा आव २०७९/८० सम्म ४ अर्ब ८८ करोड पु¥याउने लक्ष्य राखको छ ।

आर्थिक वर्ष २०७५/७६ अनुसार कम्पनीको प्रतिसेयर आम्दानी रु १.५४ रहेको छ भने प्रति सेयर नेटवर्थ रु १०७.५९ रहेको छ । आ.व २०७९/८० सम्म प्रतिसेयर काम्दानी १५.०३ र प्रति सेयर नेटवर्थ १३८.७० पु¥याउने लक्ष्य राखेको छ ।

वित्तीय प्रक्षेपणका आधार तथा तरिका

क्रेडिट रेटिङ्ग
इक्र नेपालले यस आईपीओलाई क्रेडिट रेटिङ्ग ग्रेड ४ दिएको छ जो औषत भदा तल रहेको छ ।

कति कित्ताको लागि आवेदन दिने ?

सेयर बाँडफाँड नियमवलि अुनसार सबै आवेदकलाई १० कित्ता सेयर वितरण गर्नु पर्ने हुँदा ५ लाख ६७ हाजर आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड पुग्छ ।

यस अघि जारी गरेको एनआइसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार, एनआरएन इन्फ्रास्टक्चरको ४ लाख १७ हजार आवेदन परेको थियो भने सबैभन्दा धेरै अजोज इन्स्योरेन्समा ४ लाख ८४ हजार आवेदन परेको थियो । यसलाई नै आधार मान्ने हो सबै आवेदकले १० कित्ता सेयर पाउने धेरै सम्भावना छ । केही आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ता सेयर पाउने सम्भावना रहेको छ ।

त्यसैले इच्छुक आवेदकले १० वा २० कित्ताको लागि मात्र आवेदन दिँदा उचित हुनेछ ।

आईपीओ सुचिकरण रेन्ज
पहिलो करोबारको लागि रिलायन्स लाईफ इन्स्योरेन्सको लिस्टिङ रेन्ज रु १०७.५९ – ३२२.७७ वीचमा हुनेछ ।

नोटः आवदेन दिँदाआफैले थप अनुसन्धान गर्नुहोला

 

Visa Travels