initial public offering - IPO

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जारी गरेको आईपीओमा आज विहान १० बजे सम्ममा ३.५० गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।

बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार ३ लाख ०१ हजार ४०० सय आवेदकबाट १ करोड १० लाख ७० हजार ५६० कित्ता बढी सेयर खरिदको लागि आवेदन दिएका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको आइपीओमा ३.५० गुणा बढी हुन आउछ।

कम्पनीले श्रावण १६ देखि आईपीओ जारी गरी रहेको छ । आवेदन दिने अन्तिम दिन भोलि श्रावण २१ गते रहेको छ ।

कम्पनीले २५ अर्थात् ६७,९६१ कित्ता कर्मचारीलाई र ५५ अर्थात् १६९,९०२ कित्ता सेयर समुहि लगानी कोषलाई सुरक्षित गरिएका छ । बाँकी रहेको ३१,६०,१८३ कित्ता सेयर भने सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३१,६०,१८० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड पुग्नेछ ।

Visa Travels