रिलायन्स लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा आज ४ बजे सम्ममा ३.६० गुणा बढी सेयर खरिद आवेदन परेको छ ।
बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५ लाख ०३ हजार ८०२ आवेदकबाट २ करोड ०४ लाख १४ हजार १९० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। यो सर्वसाधारणलाई जारी गरेको सेयरको ३.६० गुणा बढी आवेदन हो ।
आवेदन दिने भोली अन्तिम दिन रहेको छ । इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम ६३,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आस्वा सदस्य बैंकहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्सले ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ । जस मध्ये ५% अर्थात् ३१५,००० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ३१५,००० सामुहिक लगानी कोषलाई र बाँकी रहेको ५६,७०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
सानिमा क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ