रिलायन्स लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा आज अन्तिम दिन सम्ममा ४.२६ गुणा बढी सेयर खरिद आवेदन परेको छ ।

बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार ६ लाख ०६ हजार ३३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। यो सर्वसाधारणलाई जारी गरेको सेयरको ४.२६ गुणा बढी आवेदन हो । यस आईपीओमा पनि भाग्यशाली आवेदनले मात्र सेयर पाउने देखिएको छ ।

इन्स्योरेन्सले ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ । जस मध्ये ५% अर्थात् ३१५,००० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ३१५,००० सामुहिक लगानी कोषलाई र बाँकी रहेको ५६,७०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

सानिमा क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ

 

Visa Travels