रिलायन्स लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा आज पहिलो दिन ४ः३० बजे सम्ममा ४८.१५% सेयरको लागि खरिद आवेदन परेको छ ।

बिक्रि प्रबन्धक सानिमा क्यापिटलका अनुसार ५५ हजार २८४ आवेदकबाट २७ लाख ३० हजार १३० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।

इच्छुक आवेदकले भदौ ०८ गते सम्म आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले न्युनतम १० कित्ता र अधिकतम ६३,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आस्वा सदस्य बैंकहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ । जस मध्ये ५% अर्थात् ३१५,००० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ३१५,००० सामुहिक लगानी कोषलाई र बाँकी रहेको ५६,७०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

सानिमा क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ ।

 

 

Visa Travels