एनआरएन इन्फ्रास्टक्चरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

initial public offering - IPO

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज श्रावण २१ गतेअन्तिम दिन रहेको छ । कम्पनीले श्रावण १६ गते देखि आईपीओ सेयर निष्काशन गरिरहेको छ ।

बिक्री प्रबन्धकका अनुसार हाल सम्म ३ लाख ३४ हजार २९२ जान आवेदकले १ करोड ४० लाख ५३ हजार ७६० कित्ता सेयर खरिदको लागि आवेदन दिउका छन् ।

कम्पनीले जारी गरेको ३,३९८,०४६ कित्ता मध्ये २% अर्थात् ६७,९६१ कित्ता कर्मचारीलाई र ५% अर्थात् १६९,९०२ कित्ता सेयर समुहि लगानी कोषलाई सुरक्षित गरिएका छ । बाँकी रहेको ३१,६०,१८३ कित्ता सेयर भने सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३१,६०,१८० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आइपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड पुग्नेछ ।

Like & Share on: