laxmi bank

लक्ष्मी बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ४८ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ५९ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ६.६२ प्रतिशतले घटेको छ ।

बैंकले १ खर्ब निक्षेप संकलन गरेर ८९ अर्ब ४३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब ३२ करोड निक्षेप संकलन गरेर ७४ अर्ब ६१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ४१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १६ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २९ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा १ अर्ब १२ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ८१ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ५४ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ६० करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.०४% छ भने गत बर्ष १.२०% रहेको थियो । कोषको लागत ६.१८% र कर्जा निक्षेप अनुपात ७१.७७% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.१३ रहेको छ भने गत वर्ष रु १७.८२ रहेको थियो । नेटवर्थ १४२.२४ रहेको छ भने मुल्य आम्दानी अनुपात १३.८१ गुणा रहेको छ ।

Visa Travels