ipo of liberty energy

लिवर्टी इनर्जी कम्पनीले आज भदौ ०३ गते देखि सर्वसाधारणलाई आईपीओ सेयर निष्काशन गरेको छ । आईपीओ निष्काशन बन्द छिटोमा भदौ ०७ गते र ढिलोमा भदौ १७ गते हुने छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाका दरले ३५,६४,९३० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ । जस मध्ये १३,१४,९३० कित्ता सेयर स्थानियले खरिद नगरे पछि सर्वसाधारणलाई नै जारी गरेको हो ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सेयरको लागि खरिद आवेदन दिन सक्नेछन् । आवेदकले कुनै पनि आश्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकनेछन् ।

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड ५० लाख रहेको छ । आईपीओ पछि चुक्तापुँजी १ अर्ब ५० करोड पुग्नेछ ।

यस आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

यस कम्पनीले लम्जुङ्गमा २५ मेगावाट क्षेमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण गरिरेहेको छ । यो आयोजना छिटै सम्पन्न हुँदै छ ।

Visa Travels