लिवर्टी इनर्जी कम्पनीको आईपीओमा आज आन्तिम दिन सम्ममा २.०१ गुणा बढी सेयर खरिद आवेदन परेको छ । आजबाट यस आईपीओको निष्काशन बन्द भएको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार यस आईपीओ १ लाख ८५ हजार ९७५ आवेदकबाट ७१ लाख ६८ हजार ११० कित्ता सेयर खरिद आवेदन परेको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाका दरले ३५,६४,९३० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको छ ।
धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल रहेको छ ।
हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड ५० लाख रहेको छ । आईपीओ पछि चुक्तापुँजी १ अर्ब ५० करोड पुग्नेछ ।
यस आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
यस कम्पनीले लम्जुङ्गमा २५ मेगावाट क्षेमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण गरिरेहेको छ । यो आयोजना छिटै सम्पन्न हुँदै छ ।