machhapuchchhre bank

माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब २५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ६९ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २६.२२ प्रतिशतले घटेको छ ।

बैंकले १ खर्ब ०४ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब ३३ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८५ अर्ब १९ करोड निक्षेप संकलन गरेर ७५ अर्ब ०९ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ८६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ९० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४० करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा ९० करोड ८२ लाख रहेको छ ।

खुद व्याज आम्दानी बढे पनि खराब कर्जा बृद्धि हुँदा नाफामा कमि आएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ४५ करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब १५ करोड रहेको छ । कम्पनीको संचित नाफा ९२ करोड ४३ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.५४% छ भने गत बर्ष ०.३७% रहेको थियो । कोषको लागत ६.७१% र कर्जा निक्षेप अनुपात ७३.८१% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १४.८० रहेको छ भने गत वर्ष रु २०.०६ रहेको थियो । नेटवर्थ १३६.८० रहेको छ भने मुल्य आम्दानी अनुपात १४.८६ गुणा रहेको छ ।

Visa Travels