nepal bangladesh bank

नेपाल बङ्गलादेश बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब २४ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ५८ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २१.६२ प्रतिशतले घटेको छ ।

बैंकले ६६ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ५८ अर्ब ९६ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५६ अर्ब २२ करोड निक्षेप संकलन गरेर ५२ अर्ब ५१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी २ अर्ब ८४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९० करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ८० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २७ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा ४४ करोड ९१ लाख रहेको छ ।

खुद व्याज आम्दानी घटे सँगै खराब कर्जा बृद्धि हुँदा नाफामा कमि आएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ४९ करोड रहेको छ भने जगेडा कोषमा ४ अर्ब ११ करोड रहेको छ । कम्पनीको संचित नाफा ४८ करोड ८३ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.८९% छ भने गत बर्ष १.७४% रहेको थियो । कोषको लागत ६.३७% र कर्जा निक्षेप अनुपात ६९.७१% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.०१ रहेको छ भने गत वर्ष रु १९.६३ रहेको थियो । नेटवर्थ १५४.१५ रहेको छ भने मुल्य आम्दानी अनुपात १३.९२ गुणा रहेको छ ।

Visa Travels