सिटिजन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा २० करोड ०७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १५ करोड ३६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ३०.६७ प्रतिशतले बढेकोे छ
यस अवधिमा कम्पनीले १ अर्ब ९२ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा १ अर्ब १२ करोड खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा वीमा शुल्क ७१.१० प्रतिशतले बढेको छ ।
कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १७ करोड ४२ लाख र वीमालेख धितो कर्जाबाट ७१ लाख २३ हजार आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ११ करोड ०२ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ३६ करोड ११ लाख र व्यवस्थापन खर्च बापत ४१ करोड ९९ लाख खर्च गरेको छ ।
यस कम्पनीको हाल सम्म कुल कायम रहेको वीमालेखको संख्या १ लाख २४ हजार ६ सय ८२ रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड रहेको छ भने जगेडा कोषमा ४९ करोड ६१ लाख रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ अर्ब ६७ करोड रहेको छ भने महाविपत्ती कोषमा ४ करोड २७ लाख रहेको छ ।
कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा ३ अर्ब ५० कारोड र बीमालेख धितो कर्जामा ११ करोड ४३ लाख परिचालन गरेको छ ।