रिलायन्स लाईफ इन्स्योरेन्सको खुद वीमाशुलक ८७ प्रतिशतले बृद्धि

reliance life insurance

रिलायन्स लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ४ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ९२ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४८.४५ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीले १ अर्ब ३६ करोड खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ७३ करोड ११ लाख
खुद वीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा वीमा शुल्क ८७.२३ प्रतिशतले बढेको छ ।
कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ९ करोड ८६ लाख र वीमालेख धितो कर्जाबाट २४ लाख ३६ हजार आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ६ करोड १६ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत२५ करोड ६५ लाख र व्यवस्थापन खर्च बापत ३८ करोड १५ लाख खर्च गरेको छ ।

यस कम्पनीको हाल सम्म कुल जारी गरिएको वीमालेखको संख्या १७ हजार ८ सय ८९ रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४७ करोड रहेको छ भने जगेडा कोषमा १४ करोड ३२ लाख रहेको छ । छिट्टै ६३ करोड बारबारको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको जिवन बीमा कोषमा १ अर्ब १४ करोड रहेको छ भने महाविपत्ती कोषमा १ करोड ५९ लाख रहेको छ ।

कम्पनीले दीर्घकालिन लगानी तथा कर्जामा १ अर्ब र बीमालेख धितो कर्जामा ११ करोड ४२ लाख परिचालन गरेको छ ।

Like & Share on: