aarambha chautari laghubitta

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा ३ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ८५ लाख नाफा आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १२.९४ प्रतिशतले बढेको छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब ४२ करोड कर्जा सापटि र ८१ करोड ८८ लाख  निक्षेप संकलन गरेर २ अर्ब ५१ करोड कर्जा विस्तार गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी १८ करोड ७९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ५३ लाख रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ५ करोड ०७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ५५ लाख रहेको थियो ।

खुद व्याज आम्दानी बढे पनि खराब कर्जा बृद्धि हुँदा नाफा प्रभावित भएको छ । आरभ्म लघुवित्त र चौतारी लघुवित्त एक भएकोले मुनाफा सकारात्क देखिएको हो ।

हाल कम्पनीको चुक्तापुँजी २६ करोड ३४ लाख रहेको छ भने जगेडा कोषमा ७ करोड २ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.४४ प्रतिशत छ भने गत बर्ष ०.५१ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु १२.२५ रहेको छ भने नेटवर्थ ११५.९८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३८.११ गुणा रेहेको छ ।

Visa Travels