bank of kathmandu

बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ८९ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २२.२१% प्रतिशतले घटेको छ ।

बैंकले ९२ अर्ब १० करोड निक्षेप संकलन गरेर ७५ अर्ब ९१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८२ अर्व ७२ करोड निक्षेप संकलन गरेर ७०अर्ब ४७ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ५८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७७ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ११ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७४ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा ८८ करोड ०७ लाख रहेको छ ।

बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी कमी आउनुको साथै खराब कर्जा बृद्धि हुँदा बैंकको नाफा घटेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८० करोड रहेको छ । कम्पनीको संचित नाफा ९५ करोड ५२ लाख रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात २.३५% छ भने गत बर्ष १.५४% रहेको थियो । कोषको लागत ६.७१% र कर्जा निक्षेप अनुपात ७०.९१% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १७.२७ रहेको छ भने गत वर्ष २३.५३ रहेको थियो । नेटवर्थ १६७.४४ रहेको छ भने मुल्य आम्दानी अनुपात १२.६९ गुणा रहेको छ ।

Visa Travels