Chilime Hydropower company

चिलिमे हाइड्रोपावर कम्पनीले लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ७४ करोड ८० लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ७४ करोड ६२ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा सामान्य बढेको छ ।

यस अवधिमा विद्युत विक्री आय १ अर्ब १४ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १७ करोड रहेको थियो । त्यसैगरी वित्तीय आम्दानी (व्याज आम्दानी०) १५ करोड २५ लाख आर्जन गरको छ ।

कम्पनीको संचालन खर्च प्रशासनिक ५ करोड ३३ लाख रहेको छ भने ह्रस कट्टी ६ करोड ६२ लाख रहेको छ । मर्मत संभार खर्च ७ अर्ब ६२ लख रहेको छ भने रोयल्टी वापत १३ करोड ६१ लाख रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब ७० करोड रहेको छ भने सेयरधनीकोषमा ४ अर्ब २९ कारोड रहेको छ । कम्पनीको ५ अर्ब ९५ करोड दिर्घकालिन लगानी रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १३।१० र नेटवर्थ रु १७५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ३०।३८ गुणा रहेको छ ।

Visa Travels