एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा १९ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ४ करोड ०१ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ३८१.५२ प्रतिशतले बढेको छ
यस अवधिमा कम्पनीले ४० करोड ८५ लाख खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ३८ करोड ९२ लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । पूनर्वीमा कमिशन आय ११ करोड ६७ लाख र लगानी तजा अन्य आय ७ करोड ५५ आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले १६ करोड ८९ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत १ करोड ९७ लाख र व्यवस्थापन खर्च बापत १४ करोड ९४ लाख खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०८ करोड रहेको छ भने जगेडा कोषमा २७ करोड ४५ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ३२ करोड ६० लाख रहेको छ।
कम्पनीको प्रति सेयर आम्दानी १७.३२ रहेको छ भने नेटवर्थ १५५ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अुनपात २३ गुणा रहेको छ ।