एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ३ अर्ब १२ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ३ अर्ब ०२ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ३.२५ प्रतिशतले बढेको छ ।
बैंकले २ खर्ब ०१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७१ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४२ अर्ब कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ७ अर्ब ६० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९६ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ४ अर्ब ४६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५१ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा १ अर्ब ४४ करोड रहेको छ ।
बैंकको खराब कर्जा १ अर्ब १२ करोड हुँदा पनि खुद नाफा भने समान्य बृद्धि भएको छ ।
हाल कम्पनीको चुक्तापुँजी ९ अर्ब ७१ करोड रहेको छ भने जगेडा कोषमा ५ अर्ब ८२ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ६९ करोड रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात ०.७५% छ भने गत बर्ष ०.४६% रहेको थियो । कोषको लागत ५.५६% र कर्जा निक्षेप अनुपात ७०.२९ रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु ३२.१२ रहेको छ भने गत वर्ष ३४.२२ रहेको थियो । नेटवर्थ १७७.३६ रहेको छ भने मुल्य आम्दानी अनुपात १७.२२ गुणा रहेको छ ।