sparsha laghubitta

स्पर्श लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।

लघुवित्तले यस त्रैमासमा २ करोड ८८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ५६ लाख नाफा आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ८४.५७ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा लघुवित्तले ७१ करोड २० लाख कर्जा सापटि र २१ करोड ४३ लाख निक्षेप संकलन गरेर १ अर्ब ०२ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६८ करोड ५८ लाख कर्जा सापटि र १६ करोड ६७ लाख निक्षेप संकलन गरेर ९० करोड ३८ कर्जा विस्तार गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी ७ करोड ५२ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ४१ करोड रहेको थियो ।

त्यसैगरी सञ्चालन मुनाफा ३ करोड ८९ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ करोड २८ करोड रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ९ करोड ३७ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ६७ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.७६% छ भने गत बर्ष ०.४९% रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी रु ३०.७४ रहेको छ भने नेटवर्थ १३९.२३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २९.७७ गुणा रेहेको छ ।

Visa Travels