premier insurance

प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ३५ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २४ करोड ५६ लाख कमाएको थियो । तुलनाको अवधिमा खुद नाफा ४४.०७ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीले ६९ करोड ५६ खुद वीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक बर्षको सोही अवधिमा ८० करोड ८० लाख खुद वीमाशुल्क आर्जन गरेको थियो । पूनर्वीमा कमिशन आय २० करोड ५९ लाख र लगानी तजा अन्य आय १३ करोड ५९ लाख आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ४२ करोड ५९ लाख खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत २ करोड ९७ लाख र व्यवस्थापन खर्च बापत २३ करोड १५ लाख खर्च गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ०७ करोड रहेको छ भने जगेडा कोषमा ३२ करोड ४७ लाख रहेको छ । कम्पनीको बीमा कोषमा ६७ करोड २४ लाख रहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी ३२.९३ रहेको छ भने नेटवर्थ १९८.६८ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अुनपात १४.५८ गुणा रहेको छ ।

Visa Travels