रिलायन्स लाईफको आईपीओ प्रि अलटमेण्ट सम्पन्न – २० हजार ५०९ आवदेकले सेयर नपाउने

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओको प्रि–अलटमेण्ट सम्पन्न भएको छ । जस अनुसार ५ लाख ८७ हजार ५०९ योग्य आवेदक मात्र सेयर बाँडफाँड प्रक्रियामा सहभागि हुन पाउने भएका छन् । २० हजार ५०९ योग्य आवदेकले समेत सेयर नपाउने भएको छ । आईपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाले आवेदन दिएका थिए भने १ हजार ९५५ आवेदन् रद्ध भएको छ ।

इन्स्योरेन्सले ६३,००,००० कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको छ । जस मध्ये ५% अर्थात् ३१५,००० कित्ता कर्मचारीहरुलाई, ५% अर्थात् ३१५,००० सामुहिक लगानी कोषलाई र बाँकी रहेको ५६,७०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

सानिमा क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ

Like & Share on: