समाज लघुवित्तले जारी गरेको आईपीओमा आज सम्ममा १२६ गुणा बढी सेयर खरिद आवदेन परेको छ । आवेदन दिने भोली अन्तिम दिन रहेको छ । भोलि बैकिङ्ग समय पछि निष्काशन बन्द हुनेछ ।
बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४ लाख ७९ हजार ४५४ आवेदकले १ करोड ०१ लाख ८८ हाजर ६७० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।
आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ५,००० कित्ता सम्म आवेदन गर्न सक्नेछन् ।
कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको छ । । जस मध्ये १,००० कित्ता कर्मचारीलाई र ४,३००, कित्ता समुहिक लगानी कोषलाई र बाँकी रहेको ८०,७०० कित्ता सर्वसाधारणलाई जारी गरिएको छ ।
शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ जारी पछि कम्पनीको चुक्तापुँजी २ करोड पुग्नेछ ।