समाज लघुवित्तले जारी गरेको आईपीओमा आज अन्तिम दिन सम्ममा १४८.५६ गुणा बढी सेयर खरिद आवदेन परेको छ ।
बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ५ लाख ६४ हजार १३८ आवेदकले १ करोड १९ लाख ८९ हजार ८० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।
कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको छ । । जस मध्ये १,००० कित्ता कर्मचारीलाई र ४,३००, कित्ता समुहिक लगानी कोषलाई र बाँकी रहेको ८०,७०० कित्ता सर्वसाधारणलाई जारी गरिएको छ ।
शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ जारी पछि कम्पनीको चुक्तापुँजी २ करोड पुग्नेछ ।