ipo of samaj laghubita

समाज लघुवित्तले जारी गरेको आईपीओमा आज पहिलो दिन मै १६.५२ गुणा बढी सेयर खरिद आवदेन परेको छ ।

बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ५३ हजार १०९ आवेदकबाट १३ लाख ३३ हजार ३९० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।

इच्छुक आवेदकले भदौ ०८ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ५,००० कित्ता सम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको छ । । जस मध्ये १,००० कित्ता कर्मचारीलाई र ४,३००, कित्ता समुहिक लगानी कोषलाई र बाँकी रहेको ८०,७०० कित्ता सर्वसाधारणलाई जारी गरिएको छ ।

शेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ जारी पछि कम्पनीको चुक्तापुँजी २ करोड पुग्नेछ ।

Visa Travels