समता लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
भदौ ०५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट चुक्तापुँजी १९ करोड ११ लाखको २०% बोनस सेयर र ६.३२% नगद लाभांश कर सहित गरी प्रस्ताव गरेको छ ।
उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस कम्पनीको चुक्तापुँजी १९ करोड ११ लाख रहको छ ।