right share -business awaj

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २००% हकप्रद जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले २०७७ भदौ ०२ गते हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ः२ अर्थात् ३६,३९,६०६ कित्ता सेयर रु १०० रुपैयाका दरले जारी गर्ने छ ।

निष्काशन तथा बिक्री प्रबन्धमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १८ करोड १९ लाख रहेको छ । हकप्रद पश्चात चुक्तापुँजी ५४ करोड ५९ लाख पुग्नेछ ।

Visa Travels