sanima bank

सानिमा बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ७० करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब २५ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा २४.५६ प्रतिशतले घटेको छ ।

बैंकले १ खर्ब ०६ अर्ब निक्षेप संकलन गरेर ९० अर्ब ५६ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरेर ८१ अर्ब ४१ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ४ अर्ब २१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २० करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ४१ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा १ अर्ब ११ कारोड रहेको छ ।

खुद व्याज आम्दानी बढे पनि खराब कर्जा बृद्धि हुँदा नाफामा कमि आएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ८० करोड रहेको छ भने जगेडा कोषमा २ अर्ब ८२ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ११ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.४८% छ भने गत बर्ष ०.०८% रहेको थियो । कोषको लागत ६.६६% र कर्जा निक्षेप अनुपात ७४.७२% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १९.३५ रहेको छ भने गत वर्ष रु २८.२२ रहेको थियो । नेटवर्थ १४४.८३ रहेको छ भने मुल्य आम्दानी अनुपात १९.३५ गुणा रहेको छ ।

Visa Travels