सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
यस त्रैमासमा ३६ करोड ८३ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २३ करोड १२ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ५९.३२ प्रतिशल बढेको छ ।
यस अवधिमा विद्युत विक्री आय ८६ करोड ०७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७२ करोड ५० लाख रहेको थियो । विद्युत विक्री आयमा १८.५२ प्रतिशतको बृद्धि आएको छ ।
कम्पनीको संचालन तथा प्रशासनिक खर्च १७ करोड ५७ लाख रहेको छ व्याज खर्च (वित्तीय खर्च) २४करोड १९ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ५५ करोड रहेको छ भने सेयरधनीकोषमा ६५ कारोड ६४ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १४.४३ र नेटवर्थ रु १२५.८४ रहेको छ ।