सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा

Dividend

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको श्रावण २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ७.५% का दरले हुन आउने ११ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।

त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई ५% का दरले हुन आउने ६ करोड प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Like & Share on: