sunrise bank

सनराइज बैंकले आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा १ अर्ब ३९ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ अर्ब ७० करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा १८.३५ प्रतिशतले घटेको छ ।

बैंकले ९० अर्ब २३ करोड निक्षेप संकलन गरेर ८१ अर्ब ०४ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८६ करोड कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ८७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५४ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब ९७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५५ करोड रहेको थियो । यस बैंकको २०७७ अषाढ सम्ममा वितरण योग्य नाफा ५२ करोड ९१ लाख रहेको छ ।

खुद व्याज आम्दानी बढे पनि खराब कर्जा बृद्धि हुँदा नाफामा कमि आएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ९६ करोड रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४६ करोड रहेको छ । कम्पनीको संचित नाफा १ अर्ब ०९ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.९६% छ भने गत बर्ष १.०३% रहेको थियो । कोषको लागत ६.५५% र कर्जा निक्षेप अनुपात ७१.३०% रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु १५.५३ रहेको छ भने गत वर्ष रु २०.९४ रहेको थियो । नेटवर्थ १५०.८६ रहेको छ भने मुल्य आम्दानी अनुपात १५.०६ गुणा रहेको छ ।

Visa Travels