initial public offering - IPO

उपकार लुघवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्ध चयन गरेको छ ।

निष्काशन तथा बिक्री प्रबन्धको रुपमा एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ती गरेको छ । नेपाल धितोपत्र बोर्ड मार्फत अनुमति पाए पछि मात्र सर्वसाधरणलाई आईपीओ जारी गर्न पाउँनेछ ।

कम्पनीले १२६,००० कित्ता सेयर रु १०० रुपैयाको दरले रु १ करोड २६ लाख बराबरको आईपीओ निष्काशन गर्नेछ ।

हाल यस लघुवित्तको चुक्तापुँजी ४ करोड २० लाख रहेको छ । यस कम्पनीको केन्द्रिय कार्यालय कोहलपुर बाँकेमा रहेको छ ।

Visa Travels