general insurance ipo

जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको आईपीओमा आज पहिलो दिनमा माग भन्दा बढी सेयर खरिद आवदेन परेको छ ।

बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार ९५ हजार ८५० आवेदकबाट ३१ लाख ८५ हजार ५०० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।

इच्छुक आवेदकले असोज १४ गते सम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ । जसमध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता सामुहिक लगानीकोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको २७,३०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी एक अर्ब पुग्नेछ ।

 

Visa Travels