general insurance ipo

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असोज ११ गते देखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन बन्द २०७७ असोज १४ गते हुनेछ । आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०७७ भदौ २४ गते अनुमति पाएको थियो ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ । जसमध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता सामुहिक लगानीकोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको २७,३०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरिएको छ ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी एक अर्ब पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ७० करोड रहेको छ ।

 

Visa Travels