गुराँस लाइफले अवितरित हकप्रद सेयर असोज १३ देखि लिलाम मार्फत विक्री गर्ने

Gurans life insurance

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५ लाख ९० हजार कित्ता अवितरित हकप्रद सेयर २०७७ असोज १३ गतेदेखि लिलाम मार्फत बिक्री गर्ने भएको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन २०७७ असोज १९ गते रहेको छ ।

कम्पनीले २०७७ असार १४ गतेदेखि श्रावन ४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेपछि बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीको बिक्री नभएको संस्थापक तर्फको ३,३७,५६५ कित्ता र सर्वसाधारण समुह तर्फको २,५२,४४९ कित्ता हकप्रद सेयर लिलाममा ल्याएको हो ।

आवेदन शुल्क बापतको रु १०० थप गरी आफुले कबोल गरेको रकम जम्मा गुर्नपर्नेछ । आवेदन फाराम www.nmbcl.com.np, www.guranslife.com मार्फत डाउनलोड गरेर प्राप्त गर्न सकिनेछ ।

आवेदकले सेयर खरिदको लागि बोलपत्र पेशगर्दा न्यूनतम १०० वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य रु १०० तोकिएको हुँदा रु १०० वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

खरिद गर्न चाहेको सेयरको सम्पूर्ण रकम NMBCL-RIGHT GLICL 2076/77को नाममा  एनएमबि बैंक लिमिटेडमा रहेको खाता नंः ००१०००५४०१०००१०६ मा जम्मा गर्नुपर्ने छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Like & Share on: