जनरल इन्स्योरेन्सले आईपीओ जारी गर्ने – बोर्डले दियो स्वीकृति

initial public offering - IPO

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले २०७७ भदौ २४ गते अनुमति प्रदान गरेको हो ।

अनुमति पाए सँगै कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी एक अर्ब पुग्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी ७० करोड रहेको छ ।

 

Like & Share on: