रिलायन्स लाईफको आईपीओ सेयर नेप्सेमा सुचिकृत – भोलिदेखि कारोबारी हुने

reliance life insurance

रिलायन्स लाईफ इन्स्योरेन्सको आईपीओ सेयर कारोबारको लागि नेप्सेमा सुचिकृत भएको छ ।

कम्पनीको कुल २,१०,००,००० कित्ता आईपीओ सेयर नेप्सेमा कारोबारको लागि सुचिकृत भएको छ । सुचिकरण सँगै यस कम्पनीको दोश्रो बजारमा भोलिबाट आरएलआइ (RLI) संकेतबाट कारोबार हुनेछ । पहिलो कारोबार १०७.५४९ देखि ३२२.७७ रुपैया सम्म सुरुवाती रेन्ज पाएको छ ।

इन्स्योरेन्सले भदौ ०४ देखि ०८ सम्म सर्वसाधारणलाईआईपीओ सेयर जारी गरेको थियो । जसमा ५ लाख ६७ हजार सर्वसाधारण आवेदकलाई १० कित्ताका दरले वितरण गरिएको थियो ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड पुगेको छ ।

 

Like & Share on: