initial public offering - IPO

माउन्टेन इनर्जी नेपाल लिमिटेडले स्थागित रहेको आईपीओ आज भदौ ३१ गते देखि निष्काशन खुल्ला गरेको छ । निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ ।

पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रु. १०० रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको छ ।

कम्पनीले जारी पुँजीको २०५ अर्थात् ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । अब दोश्रो चरणमा १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।

आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन्। कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ।

 

Visa Travels