माउन्टेन इनर्जी नेपाल लिमिटेडले स्थागित रहेको आईपीओ भदौ ३१ गते देखि निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा असोज १४ गते हुनेछ ।
यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा बाढीपहिरो कारण भयावह अवस्था सिर्जना भएकोले प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि कम्पनीले स्थगित गरेको थियो।
पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो।
कम्पनीले जारी पुँजीको २०% अर्थात् ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । अब दोश्रो चरणमा १९ लाख ६८ हजार २७ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल रहेका छन्। आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ।