नाडेप लघुवित्तको साधारणसभा आह्वान – बोनस पारित गर्ने

nadep laghubitta
Visa Travels

नाडेप लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तको पाँचौ वार्षिक साधारणभा २०७७ असोज २८ गते, रानीबारी पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेकोआर्थिक वर्ष २०७५–७६को मुनाफाबाट चुक्तापुँजी ३६ लाख ८० लाखको १०% बोनस सेयर र ०.५२६% नगद लाभांश पारित गर्नेछ ।

Place your Ads

संस्थाको सेयर संरचना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ गर्ने भएको छ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७५–७६ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी ३६ करोड ८० लाख रहेको छ । बोनस जारी पश्चात ४० करोड ४८ लाख हुनेछ ।

सभा प्रयोजनको लागि २०७७ असोज १४ गते बुक क्लोज तोकेको छ । असोज १३ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

 

Like & Share on:
Visa Travels