listing range

रिलायन्स लाईफ इन्स्योरेन्स र लिवर्टी इनर्जी कम्पनी र समाज लघुवित्तले सर्वसाधारणलाई आईपीओ सेयर जारी गरी बाँडफाँड सम्पन्न गरि सकेको छ । अब यी तीनै कम्पनीले सेयर कारोबारको लागि नेप्सेमा सुचिकरण गर्नुपर्ने हुन्छ । पहिलो कारोबारको लागि नेप्सेले सुरुवाती कारोबार रेन्ज तोक्नेछ ।

पहिलो कारोबारको लागि कुनै पनि आइपिओ जारी गरेको कम्पनीको न्युनतम नेटवर्थ देखि अधिकतम नेटवर्थको तीन गुणा सम्म ओपनिङ्ग रेन्ज पाउँछ ।

यी तीन कम्पनीको आईपीओले कति पाउँला ओपनिङ्ग रेन्ज ?

रिलायन्स लाईफको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०७.५९ रुपैयाँ र अधिकतम ३२२.७७ रुपैयाँसम्म रेञ्ज पाउने छ।

लिवर्टी इनर्जीको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म रेञ्ज पाउनेछ।

त्यसैगरी समाज लघुवित्तको पहिलो कारोबारका लागि न्युनतम प्रतिकित्ता ६७.१४ रुपैयाँ देखि अधिकतम २०१.४२ रुपैयाँसम्म रेञ्ज पाउनेछ।

Visa Travels