समृद्धि फाइनान्सले असोज १६ गते देखि १ः२ हकप्रद जारी गर्ने

right share -business awaj

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २००५ हकप्रद सेयर २०७७ असोज १६ गते देखि जारी गर्ने भएको छ । निष्काशन बन्द कात्र्तिक ०६ बैंकङ्ग समय पश्चात हुने छ ।

कम्पनीले १ः२ अर्थात् ३६,३९,६०६ कित्ता सेयर रु १०० रुपैयाका दरले निष्काशन गर्नेभएको छ ।

यस हकप्रद २०७७ भदौ ११ गते सम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । भदौ १२ गते हकप्रद जारी प्रयोजनको लागि बुक ल्योज रहेको थियो ।

योग्य सेयरधनीहरुले मेरो सेयर तथा सि–आस्बा सदस्य बैंकतथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

निष्काशन तथा बिक्री प्रबन्धमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १८ करोड १९ लाख रहेको छ । हकप्रद पश्चात चुक्तापुँजी ५४ करोड ५९ लाख पुग्नेछ ।

Like & Share on: