सानिमा जनरल इन्स्योरेन्सले आइपीओ निष्काशन गर्न पायो अनुमति

sanima general insurance

सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले २०७७ असोज ५ गते यस कम्पनीलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो ।

इन्स्योरेन्सले ३० लाख कित्ता सेयर प्रति शेयर रु १०० अंकित दरले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेकोछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।

 

Like & Share on: