युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले असोज ०७ देखि कस्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई आईपीओ निष्काशन गर्ने भएको छ । निष्काशन बन्द छिटोमा २०७७ असोज २१ र ढिलोमा कत्र्तिक ०६ गते हुनेछ ।
पहिलो चरणमा कम्पनीले स्थानीयलाई रु१०० रुपैयाका दरले ४,२०,०० कित्ता सेयर जारी गरेको छ । दाश्रो चरणमा सर्वसाधारणलाई गरि प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ।
जनरल इन्स्योरेन्सले असोज ११ देखि आईपीओ निष्काशन गर्ने
स्थानियले न्युनतम १० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ।