गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

Gurans life insurance
Visa Travels

गुराँस लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको १० औं वार्षिक साधारणभा २०७७ मंसिर ०४ गते, कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा विहान १०ः३० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट चुक्तापुँजी ९३ करोड ८५ लाखको १०.५०% बोनस सेयर पारित गर्नेछ । चुक्तापुँजी ९३ करोड ८५ लाखमा १ः१ हकप्रद जारी गरी नेप्सेमा सुचिकृत भई पुँजी १ अर्ब ८७ लाख कायम भएकोले उक्ता घोषित बोनस दर १०.५०% को ५०% अर्थात् ५.२५% बोनस वितरण गर्ने र बोनस सेयर जारी गर्दा लाग्ने दर प्रयोजनार्थ नगद लाभांश वितवरणको प्रस्ताव पारित गर्नेछ ।

Place your Ads

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७४–७५ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७६–७७ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ कार्तिक २० गते बुक क्लोज तोकेको छ । कार्तिक १९ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

Like & Share on:
Visa Travels