ipo allotment

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक एनआइसी एशिय क्यापिटलको कार्यालयमा विहान ८ः३० बजे बाँडफाँड गरिएको हो । इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो ।

बाँडफाँड नियमवली अनुसारी यस आईपीओ २७३,००० भाग्यशाली आवेदनले गोलाप्रथा मार्फत १० कित्ताका दरले बाँडफाँड गरिएको छ । योग्य आवेदक मध्ये ५ लाख ९० हजार आवदेक खाली हात भएका छन् । नतिजा केहि समय पछी मेरोशेयर मार्फत हेर्न सकिन्छ ।

यस आइपीओमा ८ लाख ६३ हजार ५४५ योग्य आवेदकबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् ।  यस आइपीओमा ६.८१ गुणा बढी आवदेन परेको हो । कुल ३,३६० आवेदन अयोग्य भएको छ ।

कम्पनीले ३०%अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ । जसमध्ये ४%अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता सामुहिक लगानीकोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको २७,३०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।

Visa Travels