ipo sanima general

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।

बिक्रि प्रबन्धक एनआइसी एशिय क्यापिटलको अनुसार भोलि विहान ८ः३० बजे बाँडफाँड क्यापिटलको कार्यलयमा हुने भएको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन गरेको थियो ।

आलसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि न्यून संख्यामा मात्र शेयर पाउने भएका हुन् । यस आईपीओमा २७३,००० भाग्यशाली आवेदनले गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर पाउनेछन् । २५ गतेसम्ममा ८ लाख ८३ हजार ६२४ आवेदकबाट १ करोड ८९ लाख ७६ हजार ६० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन् । ६ लाख बढी आवेदकले सेयर नपाउने भएको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँका दरले सर्वसाधारणलाइ निष्काशन गर्नेछ । जसमध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता सामुहिक लगानीकोषहरुलाई बाँडफाँड गरी बाँकी रहेको २७,३०,००० कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ ।

 

Visa Travels