माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज २०७७ असोज २१ सम्म सेयर खरिद गर्ने सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।
कम्पनीले ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश प्रस्ताव गरेको छ ।
बैंकको २२ औं वार्षिक साधारणभा २०७७ कार्तिक ०६ गते, पोखरा होटल ग्राण्ड, पार्दि, पोखरा, कस्की, विहान ११ बजे हुने भएको छ । सभामा सहभागी हुन सेयरधनीहरुलाई Zoom user password उपल्बध गराउने व्यवस्था गरिएको छ ।
सभाले बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ४५ करोड रहेको छ ।