machhapuchchhre bank

माछापुच्छ्रे बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २२ औं वार्षिक साधारणभा २०७७ कार्तिक ०६ गते, पोखरा होटल ग्राण्ड, पार्दि, पोखरा, कस्की, विहान ११ बजे हुने भएको छ । सभामा सहभागी हुन सेयरधनीहरुलाई उपल्बध गराउने व्यवस्था गरिएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ७.०३% बोनस सेयर र ३.३७% नगद लाभांश पारित गर्नेछ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सर्वसाधारण तर्फबाट ३ जना संचालकको निर्वाचन गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी ८ अर्ब ४५ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ असोज २२ गते बुक क्लोज तोकेको छ । असोज २१ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

Visa Travels