आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९% बोनस सेयर र ३.६३% नगद लाभांश कर सहित प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।
हाल यस कम्पनीको चुक्तापुँजी ६७ करोड १५ लाख रहेको छ ।